१६ चैत्र २०८०, शुक्रबार
नेपालगन्ज महाेत्सवमा आज ज्याेती मगर आउने
  • काँचुली खबर

१८ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने भएकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आज गायिका ज्योती मगरसँगै गायिका उमादेवी खनाल र डान्सर सिजृना गुरुङ्गको प्रस्तुति रहेकाे प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

महाेत्सवमा दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवर्द्घन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ । महाेत्सवमा पहिलाे पटक कुस्ती प्रतियोगिता समेत समावेश गरीएकाे छ ।

  • १८ माघ २०७९, बुधबार ०९:३४ प्रकाशित
  • Nabintech