७ बैशाख २०८१, शुक्रबार
‘चाचाजी’ को सम्झनामा तेस्रो स्मृती दिवस मनाईयो
  • काँचुली खबर

१५ माघ, नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखा, पन्नालाल गुप्ता स्मृति प्रतिस्ठान र नेपाल प्रेस युनियन बाँकेले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता चाचाजीलाई स्मरण गरेका हुन ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा आइतबार सम्पन्न स्मृती सभामा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वर्गिय गुप्ताका सुपुत्र एवम् पुर्वमेयर विजय गुप्ता, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल, प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान, पत्रकार महासंघका उपाध्यक्ष संगिन शर्मा र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले पत्रकारीता क्षेत्रमा चाचाजीले पुर्याएको योगदानबारे चर्चा गरेका थिए । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।

गुप्ता नेपाल पत्रकार महासंघ बाँकेका पुर्बअध्यक्ष समेत हुन ।

  • १५ माघ २०७९, आईतवार २२:११ प्रकाशित
  • Nabintech