११ बैशाख २०८१, मंगलवार
प्रादेशिक महोत्सव अवलोकन गर्ने दर्शकको सँख्या बढ्दै
  • काँचुली खबर

१२ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको प्रादेशिक महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । महोत्सवप्रति दर्शकको आकर्षण बढ्दै गएपछि ब्यवसायीहरु उत्साहित भएका छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीले महोत्सवको माहोल तताएका थिए ।

उनीहरुले आफ्ना बेजोड प्रस्तुतिका साथ महोत्सवको माहोल तताएका थिए । आफ्ना चर्चित ट्रेन्डिङ्गमा रहेका गीतहरु दर्शक समक्ष प्रस्तुत गर्दै उनीहरुलाई भरपुर्ण मनोरञ्जन गराएका हुन ।

बिद्यार्थीहरुको लागि महोत्वपूर्ण दिनका रुपमा मनाईने सरस्वती पूजाको अवसर पार्दै अत्याधिक विद्यार्थीहरु सहित आम दर्शकले मनोरञ्जनका लागि नेपालगञ्ज महोत्सवलाई रोजेका थिए । आज करिब २० हजार भन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गरेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

दर्शकले महोत्सव परीसरभित्र चर्चित कलाकारहरुसंग मनोरञ्जन गर्नुका साथै प्रत्यक्ष कुस्ती प्रतियोगिता हेर्ने मौका समेत पाउने बताउँदै कंडेलले महोत्सव अवधिभर स्थानिय ब्यापार प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । दर्शकले बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै बाल उद्यान र स्टल अवलोकन गरेर भरपुर्ण आनन्द उठाउन सक्ने आयोजकले जनाएका छ ।

महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा थारु परिकारसँगै थारु संस्कृती झल्कने साँस्कृतीक कार्यक्रमबाट समेत दर्शकलाई मनोरञ्जन दिने प्रायस भईरहेको थारु गाँउका संचालक हेमन्त चौधरीले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन भईरहेको छ ।

  • १२ माघ २०७९, बिहीबार २२:२२ प्रकाशित
  • Nabintech