७ बैशाख २०८१, शुक्रबार
खजुरामा जेष्ठ नागरिक, अपाङ्ग र विपन्न नागरिकलाई कम्बल वितरण
  • काँचुली खबर

३ माघ, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक, अपाङ्गता भएका तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गरिएको छ। मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन ।

गाउँपालिकाको विपद व्यवस्थापन समितिले पुस १४ गते गरेको निर्णय अनुसार वडामै न्यानो कम्बल वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । विपद व्यवस्थापन समितिमार्फत गाउँपालिकाले हरेक वडामा माग भए बमोजिम अधिकतम ५० वटाका दरले कम्बल वितरण प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए ।

खजुराका ८ वटै वडाका चार सय जेष्ठ नागरिक, अपाङ्गता भएका तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गर्ने निर्णय भएको खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले बताए ।

गाउँपालिकाले आर्थिक स्थिती कमजोर हुने विपन्न नागरिकलाई विशेष सेवा दिने उद्धेश्यले विपत व्यवस्थापन समिति मार्फत हरेक वडामा न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विकले बताए । यस अघि वडा नम्बर १ र वडा नम्बर ६ मा न्यानो कम्बल वितरण कार्य सम्पन्न भैसकेको र अन्य वडामा पनि वितरणको कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनीराम वली, उपाध्यक्ष मन्जु मल्ल, समाजिक बिकास संयोजक कृष्ण कुमारी पोख्रेलको सहभागीता रहेको थियोे ।

  • ३ माघ २०७९, मंगलवार २२:०५ प्रकाशित
  • Nabintech