७ बैशाख २०८१, शुक्रबार
आस्था बहुउद्देश्यीयको १४औं साधारण सभा सम्पन्न
  • काँचुली खबर

१ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री कृष्णा के.सी. नमूनाले उद्घाटन गरेकी थिईन । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ सम्पन्न भएको साधारणभामा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नमुनाले आयआर्जनको क्षेत्रमा आस्था बहुउद्देश्यीय सहकारी संस्थाले खेलेको भुमिका उल्लेखनिय रहेको भन्दै प्रशंसा गरेकी थिईन । उनले साना ब्यवसारी तथा कृषकहरुलाई उत्पादनसँग जोड्नकालागि सहकारीले पुलको काम गर्दै आएको उल्लेख गर्दै स्थानियस्तरमा रोजगारी सिर्जना गरेर सहकारीहरुले राज्यले गर्ने भुमिका निर्वाह गरेको भन्दै खुसी ब्यक्र गरीन ।

साधारणसभामा संस्थाका अध्यक्ष हरि प्रसाद चालिसेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चालिसेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार १४ सय २५ शेर सदस्य रहेको सहकारीको कुल शेर पुँजी ८२ लाख ८० हजार ४ सय रहेको छ । १ करोड ६० लाख ७५ हजार ७ सय निक्षेप संकलन गरेको सहकारीले ३ करोड ५७ लाख ७८ हजार ३ सय ९९ कर्जा लगानि गरेको अध्यक्ष चालिसेले बताए ।

सहकारीले रासायनिक मल खरिद बिक्रीबाट ८ लाख ४९ हजार ५ सय ५६ आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

साधारणसभाको अवसरमा सहकारीले बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान समेत गरेको संस्थाका ब्यवस्थापक हुम कुमारी थारुले जानकारी दिईन ।

  • १ माघ २०७९, आईतवार १३:३३ प्रकाशित
  • Nabintech