१५ चैत्र २०८०, बिहीबार
चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, सर्वोच्च फर्किने तयारी
  • काँचुली खबर

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।

यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए ।

  • २१ मंसिर २०७९, बुधबार १२:४८ प्रकाशित
  • Nabintech