२३ माघ २०७९, सोमबार
घटेर आयो पेट्रोल र डिजेलको मुल्य
  • काँचुली खबर

मंसिर १५, काठमाण्डौं । भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

  • १५ मंसिर २०७९, बिहीबार २१:१७ प्रकाशित
  • Nabintech