६ बैशाख २०८१, बिहीबार
पुँजी कर्जा सम्बन्धि मार्गदर्शन स्थगित गर्न वाणिज्य संघको माग
  • काँचुली खबर

कात्तिक २५, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ स्थगीत हुनुपर्ने माग सहित शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सात बुँदे माग गरेको छ । केही दिनयता चरणबद्ध आन्दोलनमा रहेको संघले शुक्रबार व्यवसायीहरुको विपक्षमा रहेको उक्त मार्गदर्शन तत्काल स्थागीत गर्नुपर्ने माग गरेको हो । कोहलपुर उद्योग वाणिज्य संघद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कर्जामा एक अंकको ब्याजदर कायम हुनुपर्ने तरलता व्यवस्थापन हुनुपर्ने संघको माग रहेको बताए ।

यस्तै संघले बैंकहरुको खर्च न्युन गरी स्प्रीड दर ३ प्रतिशत भित्र रही जोखिममा रहेका आधारमा आधार दर बढीमा २ प्रतिशत मात्र प्रिमियम लिन पाइने व्यवस्था कायम हुनुपर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगायत कुनैपनि शुल्क लिन नपाउने व्यवस्था गर्न माग गरिएको हो ।

यसैगरी संघले अनुत्पादक मुद्दती खाता बन्द गर्नुपर्ने र हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनः तालिकीकरण गरी व्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगीत गर्नुपर्ने माग गरिएको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष पौडेलले यसअघि पनि चरणबद्ध आन्दोलन भइसकेको र थप आन्दोलनका कार्यक्रम घोषणा हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

उक्त अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले अहिलेको आन्दोलन देशभरका ऋणीहरुको आन्दोलन भएको बताएका थिए । उनका अनुसार राष्ट्र बैंकले बैंकरहरु मोटाउने र व्यवसायी दुब्लाउने नीति ल्याएको छ । यो फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने उनले बताएका थिए । हालै बृद्धि भएको व्याजदरको विरोधमा संघको आयोजनामा विरोध कार्यक्रम गरिएको थियो ।

  • २५ कार्तिक २०७९, शुक्रबार २०:२७ प्रकाशित
  • Nabintech