१५ चैत्र २०८०, बिहीबार
एक ‘शरणार्थी’ जो विश्वकप फाइनल खेल्दैछन्
  • काँचुली खबर

एजेन्सी- विश्वकप फुटबल खेल्ने सपना कुन देशको नहोला र रु झन् विश्वकपमा छानिएपछि सबै देश यसको ट्रफी उचाल्न चाहन्छन् । तर, सबैका सपना पूरा हुँदैनन् ।

२० वर्षअघि पहिलोपटक विश्वकपमा प्रवेश पाएसँगै क्रोएशियाले पनि विश्वकप ट्रफी चुम्ने सपना देखेको थियो । यसपटक क्रोएशिया त्यो सपनाको निकै नजिक पुगेको छ ।

दुई दशकअघिको फ्रान्समा विजारोपण भएको त्यो सपना यसपटक पूरा होला या नहोला भन्ने थाहा पाउन आइतबार फ्रान्सविरुद्धको क्रोएशियाको खेल कुर्नु पर्ने हुन्छ ।

बुधबार इंग्ल्यान्डसँगको सेमिफाइनललाई आफ्नो पक्षमा पारेपछि विश्वभर अहिले क्रोएशिया सबैभन्दा चर्चामा छ ।

तर, बिर्सनु हुँदैन सन् १९५० पछि विश्वकप फाइनलमा पुग्ने यो सबैभन्दा सानो देश हो । सन् १९५० मा उरुग्वे फाइनलमा पुगेको िथयो ।

आइतबार मैदानमा क्रोएशिया उत्रिएसँगै यसका एक खेलाडी पनि चर्चामा छाउनेछन् जसले सन् १९९० को दशकमा एक शरणार्थीको जीवन बिताउन बाध्य भएका थिए । उनी हुन् क्रोएशियाका डिफेन्डर डेजान लोभ्रेन । उनी युद्धको चपेटामा फसेको बोस्नियाबाट परिवारसँगै क्रोएशिया पुगेका थिए, एक शरणार्थीको रुपमा ।

यो विश्वकप सुरु हुनुभन्दा नै पहिले विभिन्न सन्चारमाध्यममा डेजानले दिएका अन्तर्वार्तामा भनेका थिए( क्रोएशियाको यो टिम निकै बलियो छ र यसले पक्कै केही गर्नेछ ।

‘हामी एउटा सानो देश हौँ, ४० लाखमात्र जनसंख्या भएको तर यसपटकको हाम्रो टिम निकै राम्रो छ,’ उनले भनेका थिए । ‘विश्वकपमा सहभागि हुनु नै एउटा ठूलो उपलब्धि हो,’ लोभ्रेनले त्यतिबेला नै भनेका थिए। ‘तर, हामीलाई हाम्रो क्षमतामा विश्वास छ ।’

लोभ्रेनले लिभरपुल टिभी स्टेसनका लागि बनाएको एउटा डकुमेन्ट्रीमा सन् १९९२ मा आफ्नो परिवार युद्धको चपेटामा फसेको बोस्नियाबाट कसरी क्रोएशिया पुगेको थियो भन्नेबारे बताएका छन् ।

‘म त्यतिबेला बजेका साइरनहरु सम्झन्छु,’ उनले भनेका छन्, ‘म अत्यन्त डराएको हुन्थेँ किनकि म बमहरुबारे कल्पना गर्थे र बमहरु पड्किन्छन् भन्ने सोच्थेँ ।’ ‘मलाई आमासँग घरको पार्किङमा गएको सम्झना छन्,’ उनले भनेका छन्, ‘र पछि अंकल, आमा, आन्टीसँग हामी जर्मनी आएका थियौँ ।’ उनको परिवार त्यसपछि सात वर्षसम्म जर्मनीमा नै शरण लिएर बस्यो । त्यसपछि उनको परिवारलाई जर्मन सरकारले फर्कन भन्यो । अनि उनीहरु क्रोएशिया पुगे ।

अहिले क्रोएशियाका लागि गज्जब खेलिरहेका लोभ्रेन लिभरपुलमा सन् २०१४ देखि खेल्न थालेका हुन् । लिभरपुलले उनलाई साउथएम्प्टनबाट २६ लाख ५० हजार अमेरिकी डलरमा ट्रान्सफर गरेको थियो ।

  • २९ असार २०७५, शुक्रबार ११:४२ प्रकाशित
  • Nabintech