१४ बैशाख २०८१, शुक्रबार
मध्यराती कोहलपुरको लाहुरे रेष्टुरेन्ट तोडफोड
  • काँचुली खबर

असोज १४, कोहलपुर । कोहलपुरमा रहेको लाहुरे रेष्टुरेन्ट एण्ड बारमा तोडफोड भएको छ । कोहलपुर नगरपालिका-११ चौराह नजिकै रहेका रेष्टुरेन्टमा गएराती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । रेष्टुरेन्टका सञ्चालक प्रेम बहादुर शाहीले तोडफोडबाट बोर्ड, बेन्च, टायल, ढोकाहरुमा क्षती पुगेको बताए ।

रेस्टुरेन्टसँगै रहेको अर्को पसलको ताला समेत तोडफोड गरीएको भएपनि चोरी भए नभएको बारेमा केही खुलेको छैन ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको अनुसन्धान गरिरहेका जनाएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार ०९:०२ प्रकाशित
  • Nabintech