११ बैशाख २०८१, मंगलवार
असोज ८ गतेदेखि १२ सम्म नेपालगन्जमा छनौट प्रतियोगिता हुने
  • काँचुली खबर

भदौ २९, नेपालगन्ज । पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने छनौट प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरु संचालन गर्ने तयारी गरीएको छ ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार असोज ८ गते बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ । ८ र ९ बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते जुडो, सुटिङ, हक्की (महिला र पुरुष) र साइक्लिङ प्रतियोगिता हुने भएको छ ।

सोही प्रकारले असोज पौडी र जिम्न्यास्टिक तथा ११-१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको चन्दले बताए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको नेपालगन्जमा खेल पूर्वाधार धेरै भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता नेपालगन्जमा राखिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले बताए ।

उनले सोका लागि अहिले प्रदेश भर खेलाडीहरू अभ्यास र तयारीमा व्यस्त रहेको बताए । छनोट प्रतियोगिताका लागि सम्पूर्ण व्यवस्था मिलाइएको समेत सदस्य थापाले जानकारी दिए ।

  • २९ भाद्र २०७९, बुधबार १४:२० प्रकाशित
  • Nabintech