७ जेष्ठ २०८१, सोमबार
घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ
  • काँचुली खबर

साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनलाई नक्सालको नागपोखरीस्थित आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको अख्तयारले जनाएको छ । नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो ।

सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए । अहिले उनीमाथि थप अनुसन्धानको काम अघि बढाएको अख्तीयारले जनाएको छ । सेतोपाटीबाट

  • १७ श्रावण २०७९, मंगलवार १९:१० प्रकाशित
  • Nabintech