१३ बैशाख २०८१, बिहीबार
राखेप बाेर्ड बैठक सुरू, नवाैं खेलकुदमा केन्द्रित
  • काँचुली खबर

साउन १५, काठमाडौं । आईतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को १ सय १३ औं बोर्ड बैठक चलिरहेकाे छ । नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचनलनमा केन्द्रीत राखेपकाे बैठक काठमाडौंकाे अल्फा बिटा हाउसमा चलिरहेकाे छ ।

नवाैंकाे तयारीकालागि युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक)ले आईतबार बाेर्डकाे बैठक बाेलाएका हुन । बैठकमा मन्त्री अथकले नियुक्त गरेका नयाँ बाेर्ड सदस्यहरूकाे समेत सहभागिता रहेकाे छ ।

आईतबारकाे बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङका अनुसार राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारी मुख्य एजेण्डा रहेका छन । त्यसमै केन्द्रित भएर अहिले छलफल चलिरहेकाे छ ।

  • १५ श्रावण २०७९, आईतवार १५:४० प्रकाशित
  • Nabintech