८ बैशाख २०८१, शनिबार
मन्त्री अथकद्धारा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
  • काँचुली खबर

२८ असार, काठमाडौं । १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा आयोजना गरीएको रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेश सहभागी छन ।

प्रतियोगिताको उद्घाटन समारोहमा ओलम्पियन सोनिया भट्टले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएकी थिइन् । राष्ट्रपति रनिङ शिल्ड खेलकुदको कुनै पनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलो पटक हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५०० खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६-६, भलिबल र कबड्डीमा २-२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रो पटक हो ।

  • २९ असार २०७९, बुधबार १५:२० प्रकाशित
  • Nabintech