२८ बैशाख २०८१, शुक्रबार
आइतबार सार्वजनिक बिदा खारेज, असार १ गतेदेखी पुरानै ब्यवस्था लागु हुने
  • काँचुली खबर

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भए पनि सरकारी निर्णय एक महिना पनि टिक्न सकेन ।

सार्वजनिक सेवा प्रवाहमा आइतबारे बिदाले समस्या निम्त्याएको र अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन नसकेको देखिएपछि बिदा फिर्ता लिइएको छ ।

आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ । आइतबार बिदा दिने प्रयोजनका लागि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको थियो ।

  • २३ जेष्ठ २०७९, सोमबार २१:५८ प्रकाशित
  • Nabintech