११ बैशाख २०८१, मंगलवार
काेहलपुर अपडेट : १० वटा वडाकाे मतगणना सकिदा काे अगाडी ?
  • काँचुली खबर

जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना सकिएकाे हाे । जसमध्ये नेपाली काँग्रेसले लिड गरिरहेकाे छ ।

नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार पूर्ण आचार्यले ९४१२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ९०८८ मत प्राप्त गरेका छन् । भुषालभन्दा आचार्य ३२४ मतले अगाडि छन् । माओवादि केन्द्र र एकीकृत समाजवादिकाे संयुक्त गठबन्धनका साझा उम्मेद्वार नरेन्द्र न्याैपानेले ७९२९ मत प्राप्त गरेका छन ।

यस्तै काँग्रेसबाट उपमेयरकाे उम्मेदवार संगिता सुवेदीले ९७६१ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी अस्मिता कुमारी थारुले ९७४९ मत प्राप्त गरेकी छिन । उनिहरूकाे मतान्तर १२ रहेकाे छ । यस्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धनकी साझा उम्मेद्वार नारायणी ओलीले ४१८९ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन आयाेग कोहलपुरका अनुसार कोहलपुरमा नेकपा माओवादी केन्द्रले १, एमाले ३ र अन्य ६ वटा वडा नेपाली काँग्रेसले जितेको छ । जसमध्ये वडा नं. १ मा माओेवादि केन्द्र, २, ४, १२, १३, १४, १५, १६ मा नेपाली काँग्रेस र ३, ५, ११ मा नेकपा एमालेका वडाध्यक्ष बिजयी भएका हुन । अहिले कोहलपुर वडा नम्बर ६ को मतगणना भईरहेकाे छ ।

  • ७ जेष्ठ २०७९, शनिबार ०८:३४ प्रकाशित
  • Nabintech