१४ बैशाख २०८१, शुक्रबार
२०७४ मा पराजित भएकाहरु अहिले विजयी
  • काँचुली खबर

३ जेठ, खजुरा / बाँकेको खजुरा गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन । वडा नम्बर १, २ ,३, ४, ५ र ६ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरुले सफलता हात पारेका हुन

वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मनवीर क्षेत्री विजयी भएका छन । अघिल्लो निर्वाचनमा एमालेका सुमन मल्लले एक हजार ५८ मत प्राप्त गरि विजयी हुँदा ३०७ मत प्राप्त गरी तेश्रो भएका क्षेत्री यसपटक एमालेका उम्मेदवार जयवीर थापालाई १८५ मतको अन्तरले पराजित गर्दै विजयी भएक हुन । क्षेत्री एक हजार ६१ मत प्राप्त गरी विजयी भए ।

वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनीराम वली क्षेत्री दुई हजार ४२९ मत प्राप्त गरि विजयी भए । वली अघिल्लो निर्वाचनमा एमालेका देवीराम शर्मासँग ७४० मतले पराजित भएका थिए । यसपटक वलीले एमालेका सम्मरबहादुर खत्रीलाई ३९८ मतान्तरले पराजित गरि विजयी भएका हुन ।

वडा नम्बर ३ मा पनि यसअघिको निर्वाचनमा पराजित भएका नेकपा एमालेका पूर्णवहादुर भण्डारी विजय भएका छन । भण्डारी अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका कान्तुराम गौतमसँग ९४ मतको अन्तरले पराजित भएका थिए । यस पटक भण्डारीले स्वतन्त्र उम्मेदवार विकास काउँचा मगरलाई २१६ मतान्तरले पराजित गरि विजयी भएका हुन । भण्डारीले १२९९ मत ल्याएका छन भने मगरले १०८३ मत ल्याएका छन ।

वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका टेकवहादुर रोका क्षेत्री एक हजार २६९ मत प्राप्त गरि विजयी भए । उनले एमालेका तिलकवीर सुनारलाई १०३ मतान्तरले पराजित गरे । रोकाय अघिल्लो निर्वाचनमा एमालेका सुनारसँग नै २७९ मतान्तरले पराजित भएका थिए ।

वडा नम्बर ५ मा नेकपा माओबादि केन्द्रबाट उम्मेदवार बनेका गरिबे सेखले ९६७ मत ल्याएर विजयी भए । गरिबे सेख २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार देवेन्द्रमान श्रेष्ठसंग झिनो मत अन्तरले हार बेहोर्न परेको थियो ।

त्यस्तै वडा नम्बर ६ मा नेकपा माओबादि केन्द्रबाट उम्मेदवार बनेका फारुक सेख २०७४ सालको स्थानिय तह निर्वाचनमा एमालेका साविर जोलाहसंग १ सय मत भन्दा पनि कमको अन्तरमा पराजित भएका थिए । अहिले तिनै साविर जोलाहलाई हराउँदै फारुक वडाध्यक्षमा विजयी बनेका छन । ८७४ मत ल्याएर फारुक वडाध्यक्षमा विजयी भएका छन । ३२६ मतान्तरले फारुकले यस पटक जोलाहलाई बराजित गरेका हुन ।

निर्वाचनमा पराजित भएपनि निरन्तर जनताको माझमा रहेर सुख दुखमा साथ दिएका कारण जनताको सहानुभुती रहेकाले यसअघिको निर्वाचनमा पराजित भएका उम्मेदवारहरु विजयी हुन सफल भएको स्थानिय बताउँछन ।

  • ३ जेष्ठ २०७९, मंगलवार २०:३८ प्रकाशित
  • Nabintech