५ जेष्ठ २०८१, शनिबार
राप्तीसोनारीको अध्यक्षमा तप्त र उपाध्यक्षमा मनिषा विजयी
  • काँचुली खबर

३ जेठ, अगैया (बाँके) / बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा थारुले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।

तर यसपटक राप्तीसोनारीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेन । राप्तीसोनारीको गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४, ५ र ७ मा माओवादी र वडा नम्बर ६ मा भने राप्रपाका वडा अध्यक्ष निर्वाचित भए ।

  • ३ जेष्ठ २०७९, मंगलवार ०८:२० प्रकाशित
  • Nabintech