५ जेष्ठ २०८१, शनिबार
कोहलपुर अपडेट : ३ वडामा काँग्रेस, १ मा माओवादी बिजयी
  • काँचुली खबर

३ जेठ, कोहलपुर / नेपाली काँग्रेसले कोहलपुरमा तिन ओटा वडामा जित हात पारेको छ । कोहलपुरमा एमालेको लाल किल्ला मानिने वडा नं। १ र २ मा क्रमश माओवादी र काँग्रेसले जित निकालेका हुन ।

कोहलपुर वडा नं। १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वद्रि जैसीको प्यानल विजय भएको छ भने २ नं. वडामा काँग्रेसका उम्मेदवार हरिसिंह कठायतको प्यानल विजय भएको छ ।

त्यसैगरी वडा नं. १४ र १५ मा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन । पछिल्लो परिणाम अनुसार कोहलपुर नगरपालिका वडा नं. १४ मा काँग्रेसका नम बहादुर आलेको प्यानल विजय भएको छ । यसअद्धि वडा नं. १५ मा दिपेन्द्र चौधरीको प्यानल विजय भएको थियो ।

कोहलपुरमा एमालेले अहिलेसम्म कुनै वडामा सफलता हात पार्न सकेको छैन् ।

  • ३ जेष्ठ २०७९, मंगलवार ०७:३४ प्रकाशित
  • Nabintech