५ जेष्ठ २०८१, शनिबार
कोहलपुर २ मा कांग्रेसको प्यानल विजयी
  • काँचुली खबर

२ जेठ, कोहलपुर / शनिबारबाट सुरु भएको मतगणना अनुसार कोहलपुर नगरपालिका वडा न. २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजय भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका हरि कठायतको पुरै प्यानल निर्वाचित भएको हो । जसमा महिला सदस्य तारादेवी सिंह, दलित महिला सदस्यमा बस्मती विश्वकर्मा, खुला सदस्यमा पुरण थारु र विरेन्द्र विक्रम शाही सहितको प्यानलले विजय हासिल गरेका छन ।

निर्वाचित वडाध्यक्ष कठायतले १८०५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण बहादुर बिसीले १५३५ मत प्राप्त गरेर पराजित भएका छन । उनी यस अघिका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

अहिले कोहलपुर नगरपालिका वडा नं. १४ को मतगणना सुरु भएको छ ।

  • २ जेष्ठ २०७९, सोमबार १७:५८ प्रकाशित
  • Nabintech