५ जेष्ठ २०८१, शनिबार
कोहलपुर अपडेट : ४१ सयमा काँग्रेस अगाडी
  • काँचुली खबर

२ जेठ, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । वडा नं. २ को मत गणना हुँदै गर्दा ४ हजार १९३ मतको नतिजा सार्वजनिक गरीएको हो । प्राप्त नतिजा अनुसार १ हजार २७७ मत प्राप्त गर्दै काँग्रेसबाट मेयर पदका उम्मेदवार पूर्ण आचार्यले लिड गरीरहेका छन । उनीसँगै उपमेयर पदकी उम्मेदवार संगिता सुवेदीले १ हजार ४२३ मत प्राप्त गर्दै अग्रस्थानमा छिन ।

एमालेबाट मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले १ हजार २५३ मत प्राप्त गर्दा माओवादीका नरेन्द्र न्यौपानेले १ हजार ८७ मत ल्याउन सफल भएका छन । एमालेबाट उपमेयरको उम्मेदवार अश्मिता थारुले १ हजार २८६ मत ल्याउदा गठबन्धनबाट उपमेयरको उम्मेदवार नारायणी वलीले ४२२ मत मात्र प्राप्त गरेकी छन ।

वडा नं. २ को नेतृत्व काँग्रेसकै पोल्टामा पर्ने देखिएको छ । वडाध्यक्षमा समेत काँग्रेस अग्रभागमा देखिएको छ । काँग्रेसले वडाध्यक्षकालागि १ हजार ४६७ मत ल्याउदा एमालेले १ हजार २७३ तथा माओवादीले ८२० मत प्राप्त गरेका छन ।

  • २ जेष्ठ २०७९, सोमबार १३:१४ प्रकाशित
  • Nabintech