२२ बैशाख २०८१, शनिबार
राप्तीसोनारी ४ मा माओवादीको प्यानल बिजयी
  • काँचुली खबर

२ जेठ, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ४ मा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । सोमबार बिहान आएको अन्तिम नतिजा अनुसार वडा अध्यक्षमा मिनराज खड्का (सन्तोष) सहित पुरै प्यानल बिजयी भएको हो ।

अध्यक्ष खड्काले प्रतिद्धन्दी काँग्रेसका कान्छा थारुलाई ७ सय ४ मतान्तरले पछि पारेका हुन । अध्यक्ष पदमा विजेता खड्काले १ हजार ९ सय ६१ मत ल्याए भने उनका प्रतिद्धण्दी थारुले १ हजार २ सय ५७ मत ल्याएका थिए । सुर्यले ५ सय ९७ मत र हलोले २२ मत प्राप्त गरेको छ ।

यसैगरी माओवादीबाटै सदस्यहरु मगरे थारु, मदन थारु, दलित सदस्य नुमा वि।क, महिला सदस्य सोहनी थारु पनि विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले कान्छासंगै हार व्यहोरेका सन्तोष यसपटक बिजयी भएका हुन ।

  • २ जेष्ठ २०७९, सोमबार ०८:२५ प्रकाशित
  • Nabintech