२२ बैशाख २०८१, शनिबार
बाँकेका १३ वडाको नतिजा सार्वजनिक, कुन वडामा कसले जित्यो ?
  • काँचुली खबर

जेठ १ गते । स्थानिय पालिका सदस्य निर्वाचन अन्तर्गत बाँकेका ८१ वटा वडा मध्ये १३ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ५, कांग्रेसले ४, जसपाले २, नेकपा माओवादी केन्द्र र राप्रपाले १/१ वटा वडा जितेको छ ।

यस्तो छ विजेताहरुको विवरण :

१) नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी ।

२) नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी ।

३) बाँकेको जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो रजा राई बिजयी ।

४) बाँके राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी ।

५) राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी ।

६) कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशीसहित पुरै प्यानल बिजयी ।

७) खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी ।

८) बाँकेको डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ ।

९) नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी ।

१०) बाँकेको राप्ती सोनारी गाउपालिका वडा नं. २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार ज्ञानेन्द्र ओलि सहित पुरै प्यानल बिजयी भएको छ।

११) बाँकेको बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी ।

१२) कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी ।

१३) नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी ।

  • १ जेष्ठ २०७९, आईतवार १७:४० प्रकाशित
  • Nabintech