२२ बैशाख २०८१, शनिबार
नेकपा एसद्वारा बैजनाथमा पुनः गणनाको माग
  • काँचुली खबर

१ जेठ, कोहलपुर / मतगणनाको क्रममा धाँधलि गरीएको र मतपेटिका परिवर्तन गरीएको भन्दै नेकपा (एकिकृत समाजवादी) ले पुन: मत गणनाको माग गरेको छ । बाँकेको बैजनाथ गाँउपालिकाको वडा नं. १ को मत गणनाका क्रममा धाँधली भएको भन्दै नेकपा एसले पुन: मत गणनाको माग गरेको हो ।

आईतबार नेकपा एसको तर्फबाट बैजनाथ वडा नं. १ का वडाध्यक्षका उम्मेदवार बिर्ख बहादुर रोकायाले निर्वाचन आयोगलाई पुन मत गणनाको निवेदन दिएका हुन । निवेदनमा रोकायाले वैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत बैजनाथ गाँउपालिका वडा नं. १ को मत गणना भईरहँदा गणनामा खटिएका कर्मचारीहरुद्धारा सदर मतलाई बदर र बदर मतलाई सदर भन्दै एकलौटी ढंगले गणना गरेको आरोप लागाएका छन ।

त्यसैगरी जेठ १ गते बिहान ५ बजेको समयमा मतगणना स्थलको बत्ति बन्द गरी तारजालीभित्र मनोमानी ढंगले गतिविधि गरेकाले पुन: मतगणनाको माग गरीएको रोकायाद्धारा हस्ताक्षर गरीएको निवेदनमा उल्लेख गरीएको छ ।

  • १ जेष्ठ २०७९, आईतवार १६:२० प्रकाशित
  • Nabintech