२२ बैशाख २०८१, शनिबार
एमालेका कारण भरतपुर महानगरको मतगणना रोकियो
  • काँचुली खबर

१ जेठ, चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

वडा नं। २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए । ‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ती जनायौं,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ ।’

उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार १५:३८ प्रकाशित
  • Nabintech