२२ बैशाख २०८१, शनिबार
कोहलपुरमा त्रिपक्षिय कडा प्रतिस्प्रर्धा
  • काँचुली खबर

१ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको नेतृत्वकालागि प्रमुख ३ दलबिच कडा प्रतिस्प्रर्धा देखिएको छ । आईतबार दिउँसो १ बजेसम्मको मतगणना अनुसार काँग्रेसले लिड गरीरहेको छ । वडा नं. १ र १५ को ३८३१ मतगणना हुँदासम्म काँग्रेसका उम्मेदवार पूर्ण आचार्यले १ हजार ३ सय २४ मत प्राप्त गर्दै अन्य उम्मेदवारलाई लिड गरीरहेका छन । त्यसैगरी काँग्रेसकै उपमेयर संगिता सुवेदी १ हजार ३ सय ४३ मतकासाथ अग्रपंतिमा छिन ।

१ हजार ६२ मतका साथ माओवादीबाट मेयरका उम्मेदवार नरेन्द्र न्यौपाने दोस्रो स्थानमा छन भने १ हजार ५० मत प्राप्त गरेका एमालेका उम्मेदवार खिल प्रसाद भुषालले आचार्य र न्यौपानेलाई पछ्याईरहेका छन ।

उपमेयरमा एमालेकी अश्मिता चौधरीले १ हजार १ सय ९३ तथा एकिकृत समाजवादीकी नारायणी ओलीले ५ सय ७९ मत प्राप्त गरेकी छन ।

यसअघि कोहलपुर वडा नं. १ मा माओवादीको प्यानल बिजयी भईसकेको छ ।

  • १ जेष्ठ २०७९, आईतवार १३:४१ प्रकाशित
  • Nabintech