२२ बैशाख २०८१, शनिबार
घोराहीमा माओवादीको फराकिलो अग्रता
  • काँचुली खबर

१ जेठ दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल मेयरका उम्मेदवार हुन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार पोखरेलले ३१३७ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले हालसम्म २७६१ मत प्राप्त गरेका छन् ।

घोराही उपमहानगरको उपमेयर पदका लागि जारी प्रतिस्पर्धामा पनि गठबन्धनले नै अग्रता लिएको छ । नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री गठबन्धनको तर्फबाट उपमेयरका साझा उम्मेदवार हुन् ।

अहिलेसम्मको मतगणनाअनुसार उपमेयरका उम्मेदवार क्षेत्रीले ३४३० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवार हुमाकुमारी डिसीले २६५९ मत प्राप्त गरेका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार ११:३२ प्रकाशित
  • Nabintech