५ जेष्ठ २०८१, शनिबार
देशभरका १६ पालिकाको नतिजा सार्वजनिक
  • काँचुली खबर

१ जेठ, काठमाण्डौ / पालिका चुनाव अन्तर्गत गएरातिसम्म १६ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन्।

मतगणना भैरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको छ । २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन् ।

एमाले :

मुस्ताङको लोमान्थाङ गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

गुल्मीको रेसुंगा नगरपालिका
डडेलधुराको गन्यापधुरा गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

माओवादी केन्द्र :

डोल्पाको जगदुल्लाह गाउँपालिका
दैलेखको नौमुले गाउँपालिका

एकीकृत समाजवादी :

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)

  • १ जेष्ठ २०७९, आईतवार ०७:५० प्रकाशित
  • Nabintech