५ जेष्ठ २०८१, शनिबार
डुडुवामा नेपाली काँग्रेसको अग्रता कायमै
  • काँचुली खबर

१ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा मतगणनाको नतिजा सार्वजनिक भएको छ । उक्त गाउँपालिकामा अहिलेसम्म ११९५ मतगणना हुँदा अध्यक्ष पदमा नेपाली काँग्रेसका नरेन्द्र चौधरीले ४३४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

यस्तै नेकपा एमालेकी सरोजकुमारी यादवले ३७० र जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल यादवले १४९ मत प्राप्त गरेका छन् । डुडुवाको वडा नम्बर १ मा अहिले मतगणना भइरहेको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार साहिदा बानोले ४३६ र एमालेका उम्मेदवार सकिए खानले ३६५ प्राप्त गरेका छन् । यस्तै वडा अध्यक्ष नेपाली कांग्रेसले ३८३, एमालेले ३२२ जसपाले १३४ प्राप्त गरेका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार ०७:२७ प्रकाशित
  • Nabintech