५ जेष्ठ २०८१, शनिबार
एमालेको किल्ला भत्काउँदै कोहलपुर १ मा माओवादी बिजयी
  • काँचुली खबर

१ जेठ, कोहलपुर / बाँकेको कोहलपुरमा माओवादी केन्द्रले बिजयी सुरुवात गरेको छ । कोहलपुर वडा नं. १ मा माओवादीको सिङ्गो प्यानल नै बिजयी भएको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा माओवादीका बद्रि प्रसाद जैशी बिजयी भएका छन । खसेको कुल १ हजार ९ सय ९० मतमध्ये जैशीले ७ सय २४ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्दी एमालेका रुद्र खनालले ६ सय ४८ तथा काँग्रेसका उम्मेदवारले ४ सय ४८ मत प्राप्त गरेका छन ।

बिजयी जैशीको प्यानलबाट महिला सदस्यले ७३४, दलित महिला सदस्यले ७३८ र दुई जना खुल्ला सदस्यले क्रमशः ७३४ र ७२० मत प्राप्त गरी बिजयी भएका हुन । गत स्थानिय तह निर्वाचनमा कोहलपुर १ मा एमालेका उम्मेदवार बिजयी भएका थिए ।

त्यसैगरी मेयरमा समेत माओवादीका नरेन्द्र न्यौपानेले भारी मत प्राप्त गरेका छन । कोहलपुर १ को मतगणना सकिदासम्म न्यौपानेले ९ सय २५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी एमालेका खिल प्रसाद भुषालले ५ सय २० तथा काँग्रेसका पूर्ण प्रसाद आचार्यले ४ सय १५ मत प्राप्त गरेका छन ।

उपमेयरमा भने एमालेकी अश्मिता चौधरी अगाडी देखिएकी छन । एमालेबाट उपमेयरकी उम्मेदवार चौधरीले ६ सय ८ मत प्राप्त गरेकी छन । त्यसैगरी गठबन्धनकी उम्मेदवार नारायणी ओलीले ५ सय ३८ तथा काँग्रेसकी उम्मेदवार संगिता सुवेदीले ४ सय ६७ मत प्राप्त गरेकी छन ।

अहिले वडा नं. १५ को मतगणना भईरहेको छ ।

  • १ जेष्ठ २०७९, आईतवार ०६:५६ प्रकाशित
  • Nabintech