५ जेष्ठ २०८१, शनिबार
हजार मत गन्दा कोहलपुरमा १६९ मतले नरेन्द्र अगाडी
  • काँचुली खबर

३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुरमा गठबन्धनको प्यानलले लिड गरीरहेको छ । १००० मत गणना गर्दासम्म गठबन्धनका सबै उम्मेदवाहरु अगाडी देखिएका छन । गठबन्धनबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्ना निकटतम प्रतिद्धवन्दीलाई १६७ रनले लिड गरीरहेका छन । न्यौपानेले ४४२ मत प्राप्त गरेका छन भने एमालेबाट मेयरका उम्मेदवार खिल प्रसाद भुषालले २७३ र काँग्रेसका मेयर पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले २३० मत प्राप्त गरेका छन । राप्रपाका प्रदिप कुमार शाहले ५ तथा स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले १ मत प्राप्त गरेका छन ।

त्यसैगरी उपमेयरमा समेत गठबन्धनकी नारायणी ओलीले लिड गरीरहेकी छन । उनले २९९ मत प्राप्त गरेकी छन । त्यसैगरी एमालेबाट उपमेयरको उम्मेदवार अश्मिता चौधरीले २९१ तथा काँग्रेसकी उम्मेदवार संगिता सुवेदीले २५१ मत प्राप्त गरेकी छन ।

१००० मत गन्दासम्म वडाध्यक्ष सदस्यसम्म गठबन्धनमै उम्मेदवारहरु अगाडी देखिएका छन । गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारले ३७९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३०४ तथा काँग्रेसका उम्मेदवारले २५४ मत प्राप्त गरेका छन । कोहलपुर नगरपालिका वडा नं. १ मा १९९१ मत खसेको थियो । जसमध्ये राती १० बजेसम्म १००० मत गणना भईसकेको छ ।

  • ३१ बैशाख २०७९, शनिबार २२:३२ प्रकाशित
  • Nabintech