५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा गठबन्धनको अग्रता कायमै
  • काँचुली खबर

३१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन । बेलुका ७ः३५ बजेसम्म ४०० मत गण्ना भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ को ४०० मत गणना गर्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनका उम्मेदवारहरु अगाडी देखिएका छन ।

निर्वाचन कार्यालय कोहलपुरका अनुसार ४०० मतगणना हुँदासम्म गठबन्धनबाट मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेले सबैभन्दा बढि २१७ मत प्राप्त गरेका छन । त्यसैगरी गठबन्धनबाट उपमेयरकी उम्मेदवार एकिकृत समाजवादीकी नेतृ नारायणी ओलीले १३५ मत प्राप्त गरेकी छन । एमालेबाट मेयरका प्रत्यासी खिलप्रसाद भुषालले ९० मत ल्याउँदा उपमेयरकी उम्मेदवार अश्मिता चौधरीले १०६ मत प्राप्त गरेकी छन । त्यसैगरी काँग्रेसबाट मेयरका उम्मेदवार पूर्ण प्रसाद आचार्यले ७७ तथा उपमेयर संगिता सुवेदीले ९४ मत प्राप्त गरेकी छिन ।

वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवार बद्रि प्रसाद जैशीले १६८ तथा उनका प्रत्यासी एमालेका रुद्र खनालले १०३ तथा काँग्रेसका उम्मेदवारले १०२ मत प्राप्त गरेका छन ।

  • ३१ बैशाख २०७९, शनिबार २०:११ प्रकाशित
  • Nabintech