५ जेष्ठ २०८१, शनिबार
काेहलपुरमा पहिलाे चरणमै गठबन्धनका उम्मेदवारकाे अग्रता
  • काँचुली खबर

३१ बैशाख, काेहफपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचन कार्यालय काेहलपुरका अनुसार पहिलाे २०० मतकाे परिणाम सार्वजनिक गरिएकाे हाे । प्राप्त मत अनुसार नेकपा माओवादि केन्द्र र नेकपा एकीकृत समाजवादिका साझा उम्मेद्वारहरू अगाडि देखिएका छन ।

काेहलपुर नगरपालिका वडा नं. १ काे २०० मत गन्दा गठबन्धनबाट मेयर पदका साझा उम्मेद्वार नरेन्द्र न्याैपानेले ११७ मत प्राप्त गरेका छन भने उपमेयर पदकि उपमेयर नारायणि ओेलिले ७१ मत प्राप्त गरेकी छन । नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालकाे ३३, काँग्रेसका उम्मेद्वार पूर्ण आचार्यकाे १७ र राप्रपाका उमेद्दवार प्रदिप शाह तथा स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालकाे समान १/१ मत आएकाे छ ।

त्यसैगरी काँग्रेसकी उपमेयर संगिता सुवेदिकाे ३५, एमालेकी उपमेयर अश्मिता चाैधरिकाे ४५, राप्रपाकाे उम्मेदवारकाे ३, जनमाेर्चाकाे २ तथा स्वतन्त्र उम्मेदवारले १ मत प्राप्त गरेकि छन ।
स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्मन्न भएकाे मतदानकाे परिणामकालागि शनिबार बिहान ११:३० बजेबाट मत गन्न सुरू गरिएकाे हाे । काेहलपुर नगरपालिकाकाे सभा हलमा मतगणना भइरहेकाे छ ।

  • ३१ बैशाख २०७९, शनिबार १७:०६ प्रकाशित
  • Nabintech