५ जेष्ठ २०८१, शनिबार
ऐरावतीमा १८ सय मतगणना भयो, काँग्रेसका नबिलको अग्रता
  • ऐरावती/प्युठान

प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ ।

वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले ८५१ मत प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले ६२१ मत प्राप्त गर्दा एमालेका श्याम थापाले १७४ मत प्राप्त गरेका छन ।

त्यसैगरी, उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद श्रेष्ठले अग्रता लिएका छन । उनले स्वतन्त्र उम्मेदवार टीका बहादुर गुरुङलाई फराकिलो मतले पछि पारेका छन । श्रेष्ठको ८२६ मत आउँदा गुरुङले ४०९ मत प्राप्त गरेका छन । त्यसैगरी, एमालेका कमला ज्ञवालीले १७३ मत प्राप्त गरेकी छिन ।

ऐरावतीमा अहिले वडा नम्बर १ र २ को मतगणना कार्य जारी रहेको छ । १ र २ पछि क्रमशः ३, ४ र ५, ६ को मत गणना गरिनेछ । ऐरावतीमा कुल खसेको ९६६२ मतमध्ये, वडा नम्बर १ मा १७९१ र वडा नम्बर २ मा १९६४ मत खसेको थियो ।

  • ३१ बैशाख २०७९, शनिबार १६:४२ प्रकाशित
  • Nabintech