५ जेष्ठ २०८१, शनिबार
ऐरावतीमा १२ सय मत गणना हुँदा काँग्रेस अगाडी
  • ऐरावती/प्युठान

प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ ।

नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले ४२२ मत प्राप्त गरेका छन । त्यसैगरी, एमालेका श्याम थापाले ११६ मत प्राप्त गरेका छन ।

पालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद श्रेष्ठले ५३७ मत ल्याउदा स्वतन्त्र उम्मेदवार टीका बहादुर गुरुङले २६९ मत प्राप्त गरेका छन भने एमालेका कमला ज्ञवालीले १०८ मत प्राप्त गरेकी छिन ।

हाल वडा नम्बर १ र २ को मत गणना भैरहेको छ । वडा नम्बर १ मा खसेको १७१९ मतमा ७०० मत गणना भएको छ भने, २ नम्बरमा खसेको १९६४ मा ५०० मत गणना भएको छ । ऐरावतीका ६ वटा वडाबाट कुल ९६६२ मत खसेको छ ।

  • ३१ बैशाख २०७९, शनिबार ११:५४ प्रकाशित
  • Nabintech