५ जेष्ठ २०८१, शनिबार
कोहलपुरको कुन वडामा कति मत खस्यो ?
  • काँचुली खबर

३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल मतदाता भएको कोहलपुरका १५ वटै वडामा शुक्रबार मतदान सम्पन्न भएको थियो । आज (शनिबार) मतगणनाको तयारी भईरहेको छ । अहिले सर्वदलिय छलफल भईरहेको र केही समयभित्रै मतगणना सुरु हुने निर्वाचन आयोग कोहलपुरका प्रमुख तिर्थराज भट्टले जानकारी दिए ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडाको अन्तिम प्राप्त मत यसप्रकार रहेको छ ।

वडा नं. १ : १९९१
वडा नं. २ : ५३९०
वडा नं. ३ : ३१५२
वडा नं. ४ : १६५८
वडा नं. ५ : २७९४
वडा नं. ६ : १९९९
वडा नं. ७ : १४१५
वडा नं. ८ : २३४३
वडा नं. ९ : १८६४
वडा नं. १० : ३२७२
वडा नं. ११ : ४५८१
वडा नं. १२ : ४०३०
वडा नं. १३ : २८२३
वडा नं. १४ : २३०५
वडा नं. १५ : २८३७

  • ३१ बैशाख २०७९, शनिबार ०९:०१ प्रकाशित
  • Nabintech