५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा रोकिएको मतदान पुन: सुरु
  • काँचुली खबर

३० बैशाख, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. ८ मा स्थगित भएको मतदान पुन: सुरु भएको छ । निर्वाचनकालागि तोकिएको निर्धारित समयभित्रै मतदानस्थलभित्र प्रवेश गरेका करिब ८० जनाको सँख्यामा रहेका मतदाताहरुलाई मतदान गर्न दिने सहमतीपछि मतदान प्रक्रिया पुन: सुरु गरीएको हो ।

यसअघि मतदानको विषयमा मतदाता र प्रहरीबिच विवाद हुँदा केही समयकालागि मतदान स्थगित गरीएको थियो । निर्धारित समयभन्दा ढिलो आएका मतदाताले समेत मतदान गर्न पाउनुपर्ने भन्दै आक्रोशित समुहले ढुङ्गा मुढा गरेपछि पिपिरीस्थित मतदान केन्द्र वरीपरिको क्षेत्र तनावपूर्ण बनेको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठिचार्ज समेत गरेको थियो ।

विवाद बढ्दै गएपछि बसेको सर्वपक्षिय छलफलले मतदानकालागि तोकिएको समयभित्रै मतदान स्थल प्रवेश गरेकालाई मतदानकालागि स्विकृती दिने निर्णय गरेसँगै विवाद साम्य भएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार २१:५१ प्रकाशित
  • Nabintech