कोहलपुर ८ मा मतदान रोकियो, सहमतीको प्रयास हुँदै
  • काँचुली खबर

३० बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको ८ नं. वडामा मतदान रोकीएको छ । मतदान प्रक्रियाको विषयमा विवाद हुँदा मतदान रोकीएको हो ।

निर्वाचनको निर्धारित समय ५ बजेपछि मतदानकालागि लाईनमा बसेका मतदाताहरुलाई प्रहरीले रोकेको थियो । समय सकिएपनि ५ बजेअघि नै लाईनमा बसेकाले मतदान गर्न पाउनुपर्ने भन्दै मतदाताहरुले ढुङ्गा मुढा गरेपछि विवाद चर्किएको हो।

सोही विवादका कारण मतदान स्थगित गरीएको र सर्वपक्षिय छलफल भईरहेको निर्वाचन आयोग कोहलपुरका प्रमुख तिर्थराज भट्टले पुष्टि गरे । भट्टका अनुसार मतदानकालागि लाईनमा बसेका मतदाताहरुलाई मतदान गर्न दिन नदिने विषयमा सबै दलका उम्मेदवार र प्रतिनिधिहरुसहितको संयुक्त छलफल भईरहेको छ । छलफलको निश्कर्षका आधारमा थप प्रक्रिया अगाडी बढाईने भट्टले जानकारी दिए ।

भट्टका अनुसार ५ बजेसम्म मतदान भईसकेका मतपत्रहरु सिलबन्दी गरेर शुरक्षित स्थानमा राखीएको छ ।

कोहलपुरका १५ वटै वडामा शान्त वातावरणमा मतदान भएपनि अन्तिम अवस्थामा ८ नं. वडामा समस्या देखिएको हो । विवाद बढ्दै गएपछि प्रहरीले स्थानियमाथी लाठिचार्ज गरेको छ । स्थानियहरुले प्रहरीलाई ढुङ्गा मुढा गर्न थालेपछि प्रहरीले लाठिचार्ज गरेको हो । अहिले त्यस क्षेत्रमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ ।

कोहलपुर ८ तनावग्रस्त, प्रहरीद्वारा लाठिचार्ज

  • ३० बैशाख २०७९, शुक्रबार २०:३९ प्रकाशित
  • Nabintech