१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा सकियो मतदान (फोटो फिचर)
  • काँचुली खबर

३० वैशाख, कोहलपुर। शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाको १५ वटै वडाको मतदान सकिएको छ । १५ वटा वडामध्ये धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन गरिएको छ । केही वडाहरुमा भर्खरै मतदान सकिएकाले त्यहाँको मतपेटिका ल्याउने तयारी थालिएको छ ।

कोहलपुरका १५ वटै वडामा शान्त वातावरणमा मतदान भएपनि अन्तिम अवस्थामा ८ नं. वडामा केही समस्या देखिएको छ । कोहलपुर वडा नं. ८ को पिपिरीमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानियबिच बिवाद हुँदा तनावको स्थिती पैदा भएको हो । जसका कारण अहिलेसम्म त्यहाँको मतपेटिका संकलन हुन सकेको छैन ।

केही बेरअघि पिपिरीमा प्रहरीले लाठिचार्ज समेत गरेको थियो । निर्धारित समय (बेलुका ५ बजे)पछि मतदानस्थल पुगेका मतदाता र प्रहरी विच विवाद भएपछि प्रहरीले लाठिचार्ज गरेको स्रोतले जनाएको छ । ५ बजे पछि सबै मतदाता मतदान केन्द्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले भिडलाई रोक्न लाडिचार्ज गरेको बताईएको छ ।

अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

सबै मतपेटिका संकलन भईसकेपछि सर्वपक्षिय सहमतीमा कोहलपुर नगरपालिकाको सभा हलमा मतगणना गर्ने तयारी गरीएको निर्वाचन कार्यालय कोहलपुरले जनाएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार १९:५६ प्रकाशित
  • Nabintech