स्थानिय तह निर्वाचन : काेहलपुरमा मतदाताकाे उत्साहजनक सहभागिता
  • पुष्पराज हमाल

३० बैशाख, कोहलपुर । बाँकेकाे कोहलपुर नगरपालिकामा विहानैदेखि मतदान सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि छान्नको लागि स्थानीयहरु उत्साहका साथ विहानैदेखि मतदान केन्द्रमा पुगिरहेका छन् । कोहलपुरका संघीय सरकारले युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले पिपिरी मतदान केन्द्रमा मतदान गरेका छन् ।

यस्तै कोहलपुर २ स्थित लक्षमी मावि मतदान केन्द्रमा पनि मतदाताहरुको उल्लेख्य सहभागिता देखिएको छ । काेहलपुर ८, ९, १०, ११ मा पनि मतदाताहरूकाे उल्लेख्य सहभागिता देखिएकाे छ ।

बृद्धबृद्धादेखि बालक काखमा बोकेर मतदाताहरु मतदान केन्द्रमा आइरहेका छन् । वडा नम्बर २ कोहलपुरमा सबैभन्दा धेरै मतदाता भएका वडाहरु मध्ये एक हो । यहाँ सात हजार बढि मतदाता रहेका छन् ।

मतदाताका साथै उम्मेदवारले समेत आ-आफ्नाे मतदान केन्द्रबाट मतदान गरिरहेका छन । काेहलपुरमा मेयर, उपमेयर सहित ७७ पदकालागि मतदान भईरहेकाे छ ।

  • ३० बैशाख २०७९, शुक्रबार ०९:४२ प्रकाशित
  • Nabintech