५ जेष्ठ २०८१, शनिबार
सबैका प्रिय ‘राधे’ वडा अध्यक्षको उम्मेदवार
  • काँचुली खबर

कोहलपुर, २७ बैशाख / कोहलपुर १५ का ५२ वर्षिय राधेश्याम थारुलाई गाँउ घरमा बृद्ध देखि वालकसम्मले ‘राधे वकिल’ भनेर चिन्ने र बोलाउने गर्दछन् । २५ वर्ष वकालत पेशामा लागेका भएपनि सरल स्वभावका राधेश्याम थारुलाई सबैले आत्मियता पुर्वक राधे वकिल भनेर बोेलाउने गरेका हुन् ।

वकालत पेश बाहेक सामाजिक सेवामा उत्तिकै सक्रिय रहेका राधे वकिल यस पटक माओवादी केन्द्रबाट कोहलपुर नगरपालिका वडा नं. १५ बाट वडा अध्यक्ष पदमा चुनाबी मैदानमा होमिएका छन । राधेश्याम थारु यति बेला अदालत र न्यायलय होईन जनताको घरघरमा पुगेर कोहलपुर १५ को मुहार फेर्ने योजन सुनाउने गरेका छन ।

८० प्रतिशत थारु बाहुल्यता रहेको कोहलुर १५ मा अधिकाशं दलले थारु उम्मेदवार उठाए पनि राजनैतिक हिसाबले परिपक्क आफु नै रहेको उनि बताउँछन । सोही कारण आफु जनताको रोजाईमा परेको उनको भनाई छ । २०५८ साल देखि नै माओवादी राजनितीमा सक्रिय थारु राजनिती शास्त्रमा स्नातोकोत्तर र कानुन बिषयमा स्नातकसम्मको अध्यन गरेका छन ।

सामाजिक रुपले क्रियाशिल र पारिवारीक हिसावले महान सहिद कमल प्रसाद थारुका दाई राधेश्यामले १५ नं. वडाको समबिकास गर्न आफु राजनितिक रुपले चुनाबी मैदानमा उत्रिएको बताउँछन । संघियताका मर्म अनुसार स्थानिय सरकार निर्माण भएपनि कोहलपुरको अन्य वडाका तुलनामा आफ्नो वडा निकै पछाडी पारिएको उनको गुनासो छ ।

पछाडी पारिएको कोहलपुर १५ को बिकास र थारु समुदायको राज्यमा पहुँच बृद्धि गर्न आफु वकालत पेशा छाडेर वडा अध्यक्षका उम्मेदवार बन्नु परेको उनी बताउँछन । अध्यक्ष बनेर तलव सुबिधा लिने भन्दा १५ नं. वडाको मुहार फेर्न चुनाबी मैदानमा होमिएको उनको भनाई छ । यस अघिका वडा अध्यक्षहरु शिक्षीत, सचेत र जुझारु नभएकै कारण बिकासको हिसावले पछाडी परेको उनको बुझाई छ ।

सामाजिक क्षेत्रमा सक्रिय राधे

वकालत पेशा क्रियासिल रहेको भएपनी राधेश्याम थारु सामाजिक क्षेत्रमा उत्तिकै क्रियाशिल छन् । कोहलपुर १५ को अकलघरुवामा आफ्नै प्रयास र लगानिमा उनले राधा कृष्ण प्राथमिक बिद्यालय स्थपना गरेका थिए । २०६५ सालमा स्थपना भएको बिद्यालयको भौतिक पुर्वाधारका साथै १ वर्षसम्म २ जना शिक्षकहरुलाई आफैले तलब समेत खुवाएको राधेश्याम बताउँछन । हाल सो बिद्यालयमा कक्षा ५ सम्म पठनपाठन भईरहेको छ । सो बिद्यालयमा १ सय ५० बिद्यार्थी अध्यनरत छन ।

थारु बालबालिकको शिक्षामा पहुँच बढाउन आफुले अकलघरुवामा बिद्यालय स्थनपना गराएको उनको भनाई छ । शिक्षाको स्तर बिकास गर्न विशेष चासो दिने थारु सोही क्षेत्रमा रहेको राम माध्यामिक बिद्यालयमा २ कार्यकालय बिद्यालय व्यवस्थापन समितीको अध्यक्ष समेत भएर काम गरीसकेका छन ।

राधेश्याम थारुका प्राथमिकताहरु

कोहलपुर १५ को समबिकासमा जोड दिने उनको मुख्य प्राथमिकता छ । बाटो स्तरउन्नती र कालोपत्रे, नालि, मुख्य प्राथमिकता भएको उनको भनाई छ । कोहलपुर १५ रहेको प्राथमिक स्वाथ्य चौकीलाई बर्थीङ सेन्टर र ईमरजेन्सी सेवा सहितको बनाउने उनी बताउँछन ।

कोहलपुर १५ सबैको घर घरमा निःशुल्क शुद खानेपानी पुर्याउने, बिजुलीमा पहुच प¥याउने, कृर्षि तथा पशु पालनमा जोड दिई रोजगारीको सृजना गर्ने, थारु होमस्टे र थारु संग्रहालय निर्माण गर्ने उनका प्राथमिकता छन । यस बाहेक थारु तथा मधेसी समुदायको सरकारी सेवामा पहुँच बृद्धि गर्ने विशेष कार्यक्रम बनाउने उनको लक्ष्य छ ।

खेलकुदको बिकास, वडा स्तरीय रंगशाला निर्माण, कृषि हाट बजार निर्माण, निःशुल्क तथा अनिवार्य शिक्षा आफ्ना प्राथमिकता रहेको उनी बताउँछन । माध्यामीक तहमा अध्यनरत थारु तथा मधेसी तथा बिपन्न युवा, युवतिहरुलाई साईकल बितरण गरि शिक्षामा पहुँच बढाउने योजना भएको उनि सुनाउँछन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट वडाध्यक्षको साझा उम्मेदवार बनेका थारु माओवादी केन्द्र कोहलपुर नगर कमिटि समस्य समेत हुन ।

  • २७ बैशाख २०७९, मंगलवार १२:३२ प्रकाशित
  • Nabintech