५ जेष्ठ २०८१, शनिबार
चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग
  • काँचुली खबर

कोहलपुर, २५ वैशाख / कोहलपुरमा चुनावी प्रचार-प्रसारमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । दिनहुँ जसो हुने घरदैलो कार्यक्रम तथा चुनावी आमसभाहरुमा बालबालीकाको प्रयोग हुँदै आएको पाईएको छ ।

केही दिन पहिले कोहलपुर १२ को घरदैलो कार्यक्रममा एमालेको चुनाव चिन्ह अंकित झण्डा बोकेका वालवालिकाहरु सहभागी भएका थिए । उनिहरुलाई खाने कुरा र पैसाको प्रलोभन देखाएर उम्मेदवारहरुले चुनावी गतिविधिमा सहभागी गराउने गरेको पाईएको छ । चुनावी र्यालीमा सहभागी एक बालीकाले मःम, चाउमिन, कोक लगायतका खाने कुरा खान दिने भएकाले आफु एमालेको चुनाव प्रचार-प्रसारमा हिड्ने गरेको बताईन ।

कोहलपुरको मुख्य बजार क्षेत्र तथा अन्यत्रको प्रचार अभियानमा समेत बाक्लो सँख्यामा बालबालिकाहरुको प्रयोग हुँदै आएको छ । अन्य पार्टीको तुलनामा एमालेको प्रचार प्रसारमा बालबालिकाको प्रयोग बढि हुने गरेको स्थानियहरु बताउँछन ।

कोहलपुर निर्वाचन आयोगका प्रमुख तिर्थराज भट्टलेका अनुसार चुनाव प्रचार प्रसारमा बालिबालिका प्रयोग गर्नु आचारसंहिताको उलङ्घन भएको बताए । उनले यसलाई अपराध सरह मानिने बताउादै त्यस्तो गर्न नपाईने प्रष्ट पारे । एमालेलाई सो सम्बन्धमा स्पष्टिकरण सहित उपस्थितका लागि चिठि काट्ने उनको भनाई छ ।

  • २५ बैशाख २०७९, आईतवार १२:०० प्रकाशित
  • Nabintech