५ जेष्ठ २०८१, शनिबार
बैजनाथमा गठबन्धनप्रतिको आकर्षण बढ्दै
  • काँचुली खबर

२४ वैशाख, बैजनाथ / बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै गएको हो ।

हरेक दिन हुने चुनावी सभाहरुमा स्थानियको बाक्लो उपस्थिती हुने गरेको बैजनाथ गाँउपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार दिपेन्द्र शाह (युगान्त) ले जानकारी दिए । नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै शाह चुनावी मैदानमा होमिएका छन । गठबन्धनले नेकपा (एकिकृत समाजबादी) का नेता टंकरनाथ योगीले उपाध्यक्ष पदमा अगाडी सारेको छ ।

चुनावको मिति नजिकिएसँगै गठबन्धनले चुनावी गतिविधिहरुलाई समेत बढाउँदै लगेको छ । जसअन्तर्गत गाँउपालिकाका ८ वटै वडाहरुमा पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरीसकेको शाह बताउँछन । दोस्रो चरणको घरदैलो अभियानका क्रममा संयुक्त बृहत चुनावी जनसभा संचालन गरीरहेको गठबन्धनमा स्थानियहरुको उल्लेख्य सहभागीता रहँदै आएको छ ।

यसआघि अध्यक्ष पदका उम्मेदवार शाहले आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिने उद्घोष गरीसकेका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत घरदैलो अभियानका क्रममा युगान्तले गाँउपालिकाको अध्यक्ष पदमा आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्ने उद्घोष गरेका हुन ।

बैजनाथको समृद्धि नै आफ्नो मुख्य उद्धेश्य रहेको बताउँदै नेता युगान्तले दलिय आस्था भन्दा माथी उठेर मतदान गर्न गाँउपालिकावासीहरुलाई आह्वान समेत गरेका छन । ऐतिहासिक १० वर्षे जनयुद्धदेखी शान्तीपूर्ण राजनितिक परिवर्तनसम्म नेतृत्वदायी भुमिका खेल्दै आएका युगान्तले आगामी ५ वर्षभित्र बैजनाथलाई जिल्लाकै उत्कृष्ठ पालिकाका रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

जनमुक्ती सेनाको कमाण्डर हुँदै समाजसेवी तथा सफल राजनितिज्ञको पहिचान बनाएका युगान्तले शिक्षा, स्वास्थ्य, रोजगार, पर्या-पर्यटनका साथै पालिकाको समग्र विकासकालागि माओवादी नेतृत्वको टिमलाई विजयी गराउन सबैलाई आग्रह समेत गरेका छन ।

कुनै सरकारी सेवा सुविधा नलिने पालिका अध्यक्षका उम्मेदवार युगान्तको उद्घोष

गाँउपालिका हाँक्ने तयारीमा जनमुक्ति सेनाका कमाण्डर युगान्त

  • २४ बैशाख २०७९, शनिबार १७:३५ प्रकाशित
  • Nabintech