१४ बैशाख २०८१, शुक्रबार
कैलालीमा श्रीमान्-श्रीमती झुण्डिएको अवस्थामा भेटिए
  • काँचुली खबर

कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

  • १८ बैशाख २०७९, आईतवार १६:०२ प्रकाशित
  • Nabintech