१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा ‘एक प्रदेश, एक परम्परा’ कार्यक्रम
  • काँचुली खबर

बाँकेको कोहलपुरमा ‘एक प्रदेश, एक परम्परा’ अन्तरगत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रम हुँदैछ ।

कोहलपुर नगरपालिकाको वडा नं. २ वर्दहवामा उक्त कार्यक्रम हुने भएको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान बालुवाटार काठमाण्डौको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेको समन्वयरसहकार्यमा कार्यक्रम हुने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले बताएका छन् । चैत्र १२ गते शनिबार (आज) दिउँसो १२ बजे कार्यक्रमको उद्घाटन गरिने अध्यक्ष अञ्जानले बताए ।

कार्यक्रममा थारु समुदायको संस्कृति झल्किने गीत, नाँचका साथै पहाडी समुदायको संस्कृति तथा सांस्कृतिक पहिचान झल्किने प्रस्तुतीहरु प्रतुत हुने छन् । लुम्बिनी प्रदेशको बाँके जिल्लामा देखाईने स्थानीयस्तरका थारु कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन यो कार्यक्रम राखिएको अञ्जानले बताए । कार्यक्रमका माध्यमबाट परम्परागत थारु जातिय लोककला र संस्कृतिको जगर्ना, संरक्षण र संवद्र्धनलाई सहयोग गर्ने आयोजकको विश्वास छ । कला र संस्कृतिले समाजिक विविधताको पहिचान गराउने भएकाले यहाँको चिनारीका रुपमा रहेको थारु संस्कृति संरक्षण गर्नु हाम्रो पूर्णिमा साहित्य प्रतिष्धाको पनि दायित्व रहेको उल्लेख गर्दै अध्यक्ष अञ्जानले यस कार्यलाई निरन्तरता दिने बताए ।

थारु समुदाय कला, संस्कृति र सीपका क्षेत्रमा धनी रहेको बताउँदै उनले यहाँका कलाकारलाई प्रोत्साहन गर्न थारु जातिको नृत्य संगीत परम्परा विषयक कार्यक्रम आयोजना गरेको उल्लेख गरे । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरी प्रमुख अतिथी रहने कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिको उपस्थिती रहने भएको छ । थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै संरक्षण तथा जगेर्नाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । ‘परम्परागत थारु नाँच, संस्कृति, गीत, रहन सहन, भेषभुषा पूर्खाले सिर्जना गरेको भन्दै सो संस्कृतिको संरक्षण आवश्यक छ’ प्रेमर्षिले भने ।

  • १२ चैत्र २०७८, शनिबार १२:४६ प्रकाशित
  • Nabintech