१४ बैशाख २०८१, शुक्रबार
हेमन्तको नेतृत्वमा थारु पत्रकार संघ बाँके
  • काँचुली खबर

थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा पत्रकार हेमन्त चौधरी निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको सह–सचिव पनि हुन् ।

बाँकेको राप्तीसोनारीमा बुधबार सम्पन्न जिल्लाको चौथो अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह–सचिवमा सुविता थारु, र कोषाध्यक्षमा निर्मला थारु चयन भएका छन ।

त्यसैगरी, समितीको सदस्यमा राजकुमार थारु, रुपा थारु, रमेश थारु र रीता थारु चयन भएका छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार २०:२५ प्रकाशित
  • Nabintech