८ बैशाख २०८१, शनिबार
प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ
  • काँचुली खबर

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको श्रेष्ठले बताए ।

  • १८ पुष २०७८, आईतवार ११:३६ प्रकाशित
  • Nabintech