११ बैशाख २०८१, मंगलवार
एमसीसी सम्झौता राष्ट्र हित भन्दा बाहिर जाँदैन: शिक्षामन्त्री पौडेल
  • काँचुली खबर

शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन ।

मन्त्री पौडेलले शनिबार नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन । उनले व्यख्यात्मक घोषणा सिहतको एमसीसी अनुमोदनले देशलाई निकास दिएको बताए । व्याख्यात्मक घोषणा सहितको एमसीसी अनुमोदनसंगै देश तीन तहको निर्वाचन सम्म जाने आधार तयार भएको भन्दै उनले यसले देशलाई निकास दिएको बताएका हुन । उनले एमसीसी राष्ट्रहित भन्दा बाहिर नजाने समेत दाबि गरे ।

एमसीसी कै कारण माओवादीमा बिग्रह आउन सक्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै उनले जारी केन्द्रिय समितीको बैठकमा सो बिषयमा गहन छलफल हुने तर पार्टीमा बिग्रह नआउने दाबि गरे । उनले केही साथिहरुको भिन्न मत सहित पार्टी एक ढिक्का भएर अगाडी बढने दाबि गरे । उनले आफु मन्त्री भएसंगै शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन प्रयास गरि रहेको भएपनि संसद अवरोधका कारण सम्भव हुन नसकेको बताए ।

५२ बुदाको शिक्षा सुधार कार्ययोजना निर्माण गरेर काम गरि रहेको बताउँदै मन्त्री पौडेलले भौतिक पुर्वाधार बिकास र गुणस्तरीयता बृद्धिका लागि संग संगै काम भइरहेको जानकारी दिए । उनले यस बर्ष मात्रै ४ हजार २ सय सामूदायिक बिद्यालयको भौतिक पुर्वाधार बिकासका साथै २ हजार बिद्यालयमा कम्प्युटर ल्याव निर्माणको काम अगाडी बढेको जानकारी दिए ।

लामो समय देखि काम गरि रहेका राहत शिक्षकहरुलाई अन्तरिक प्रतिस्पर्धाबाट स्थायी र त्यसो नभए उनिहरुलाई गोल्डेन अफरसहित बिदाई गर्ने गरी आफुहरुले काम गरि रहेको जानकारी दिए ।

मदरशा शिक्षा, गुरुकुल शिक्षा र गुम्बा शिक्षालाई नियमन र बिकास गर्दै अगाडी बढाईने उनले बताए ।

  • २१ फाल्गुन २०७८, शनिबार २१:१२ प्रकाशित
  • Nabintech