१३ बैशाख २०८१, बिहीबार
लमहीमा यात्रुबाहक बस र उईङगर एक आपसमा ठोक्किदा ६ जना घाइते
  • काँचुली खबर

दाङको लमहीमा बिहीवार बिहान एक आपसमा यात्रुबाहक बस र उईङगर गाडी ठोक्किएर दुर्घटना हुँदा उईङगरका चालकसहित ६ जना यात्रु घाइते भएका छन ।

काठमाडौबाट घोराहीतर्फ जाँदै गरेको ना३ख ४१४९ नम्बरको यात्रुबाहक बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ज ८९४ नम्बरको उईङगर गाडी बिहिवार बिहान साढे ९ बजे तिर लमही नगरपालिका वडा नम्बर ६ स्थित बेलदमारमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रोल्पा नगरपालिका १, रोल्पाका २२ बर्षिया मुना कुवर, गगादेव गाउँपाकिका २, रोल्पाका ३० बर्षिया भगुमती डागी, त्रिवेणी गाउँपालिका ३, सल्यानका ५३ बर्षिय मोतिलाल वली, उईङगर गाडीका चालक दंगिशरण गाउँपालिका ५, दाङका ४१ बर्षिय राजन केसी, तुलसीपुर ६, दाङका २६ बर्षिय सुमित वली र सुनिलस्मृती गाउँपालिका १, रोल्पाका ३४ बर्षिया सिमा खत्री रहेका छन ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भईरहेको र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार ११:३२ प्रकाशित
  • Nabintech