१६ चैत्र २०८०, शुक्रबार
‘रेडियो सफल ९२.८ मेगाहर्ज’ले सुरु गर्‍यो बाँकेको डुडुवाबाट आफ्नो प्रशारण
  • काँचुली खबर

बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोको उद्घाटन गरिएको हो ।

डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गरेकी थिइन् । लामो समयदेखि संचालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर संचालनमा आएको हो । प्रजातन्त्र पश्चात नै देशमा नयाँ आयामको बिकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो संचालन गरिएको जनाइएको छ ।

संचार प्रतिष्ठन नेपालद्धरा संचलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगञ्ज क्षेत्रलाई लक्षित गरि प्रसारण सुरु गरिएको प्रतिष्ठनका अध्यक्ष पोषण केसीले जानकारी दिए ।

रेडियोमार्फत ग्रामीण बस्तीका समस्या, चुनौती, युवाहरु लगायतको सवाल, तथा बिभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्नुका साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताए ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लिलावती यादवले शिक्षा क्षेत्रको बिकास र मानिसलाई सही सूचना र छिटो छरितो तरिकाले पुर्याउने सरल माध्यम रेडियो रहेको बताउईन । उनले रेडियोले ग्रामीण बस्तीको बिषयबस्तु उठान गर्नुपर्ने, किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने र शिक्षित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं ८ वडा अध्यक्ष खुम बहादुर बस्नेतले संचार क्षेत्र राज्यको चौथो अंग भएको भन्दै यसले खासगरी नरैनापुर र डुडुवा गाउँपालिकाका क्षेत्रका जनतामुखि हुनुपर्ने बताए । उनले जनप्रतिनिधिको हैसियतबाट रेडियोलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमा डुडुवा गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्र, अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले डुडुवामा रेडियोले खेल्न सक्ने र स्थानीयले रेडियोका लागि गर्न सक्ने समन्वय सहकार्यबारे धारणा राखेका थिए ।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बानो, कार्यपालिका सदस्य यादव, वडा नं १ का वडा सदस्य सुष्मा यादव, वडा नं ३ का वडा सदस्य आमोद तिवारी, वडा नं ४ की वडा सदस्य सकिना नाउँ, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, किसान संघका क्षेत्र नं १ का क्षेत्रिय सभापति जुगलाल थारु, प्रतिष्ठनका सदस्य शोभा केसी, नेपाली कांग्रेस राप्तीसोनारी ८ का सभापति नरेन्द्र वली, पदमपुर महिला बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष हेमा थापा, डुडुवाका सव इन्जिनियर मदनेश्वर झाँ लगायतको उपस्थिति रहेको थियो ।

रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवाम प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार ०८:४५ प्रकाशित
  • Nabintech